बिराटनगरमा प्राध्यापक ढुंगेल र निरौला सम्मानित

<span class='c1'>बिराटनगरमा प्राध्यापक ढुंगेल</span> <span class='c2'>र निरौला सम्मानित</span>

भट्टराई सेवा समाज विराटनगरले दुईजना प्रतिष्ठित ब्यक्तिलाई सम्मान गरेको छ ।
समाजले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदानको कदर गर्दै प्राध्यापक गुणराज ढुंगेल र हिन्दू धर्म संस्कृतिको रक्षा र सम्बृद्धि गर्न योगदान दिदै आउनुभएका पण्डित भवानीशंकर निरौलालाई सम्मान गरेको हो । समाजको १७ औं साधारणसभाको अवसरमा मोरङको कटहरी १ मा आयोजित कार्यक्रमकाबीच विराटनगर महानगर प्रमुख भीम पराजुली,उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र भट्टराई सेवा समाजका अध्यक्ष विश्वरमण भट्टराईले उहांहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।

सो अवसरमा समाजका मेधावी छात्रछात्रा र जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको थियो । यसैबीच साधारणसभाकै अवसर पारेर समाजले कटहरी १ मा सामुदायिक भवनको शिलान्यास गरेको छ । साढे २ करोडको लागतमा सो ठांउमा ४७ सय स्वायर फिटको सामुदायिक भवन निर्माण गरिने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्