एक नम्बर प्रदेशको भोली बस्ने संसद   बैठकको यस्तो तयारी (फोटो फिचर )

<span class='c1'>एक नम्बर प्रदेशको भोली बस्ने संसद  </span> <span class='c2'>बैठकको यस्तो तयारी (फोटो फिचर )</span>

सुमन /प्रेम
विराटनगर, २० माघ ।
एक नम्बर प्रदेशको सोमबार हुने संसदको पहिलो बैठकको तयारी पुरा भएको छ । आज पुर्वाभ्यास गर्दै संसदको तयारी पुरा भएको जनाउ दिईएको छ । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले सभामुखको पुर्ब तयारी गरेसँगै त्यसको बारेमा तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । १ नम्बर प्रदेशका बिशिष्ठ ब्यक्तीहरुको उपस्थीतीमा संसदको अभ्यास गरिएको थियो ।

सोमबार हने प्रदेश संसदको पहिलो बैठकको लागि १ नम्बर प्रदेशका विशिष्ठ ब्यक्ति सहितका पत्रकार नजिकै रहेका संसदहरुलाई दिउँसो ३ बजे नै बोलाईएको थियो । हिजोसम्म फितलो देखिएको सुरक्षा ब्यवस्था आज एकाएक चुस्त पारिएको थियो । मर्यादा पालकहरु पोसाकमा नै संसद सभाभवन लामबद्ध रहेका थिए । तिन बजे देखि नै शुरु हुने भनिएपनि त्यो क्रम निक्कै ढिलो गरी मात्र शुरु भयो । लामो समय बाहिर पत्रकारहरु गफिएर बसेका थिए । संसद भवन भित्र पुर्वाभ्यासको तयारी तिब्र बनाईँदै थियो । काम गर्ने कामदारहरुले भित्र रङरोगन हिजै सकाएको भएपनि कुर्सीलाई सजाउने काम गरिरहेका थिए । चार बजे पछि मात्र संसद भवन भित्र प्रदेश स्तरका सुरक्षा अधिकारी तथा प्रदेश मुख्य सचिवको उपस्थीती देखियो । साईरन बजाउँदै आएको गाडीले राजधानी काठमाण्डौको सिंहदरवारमा प्रधानमन्त्री तथा मन्त्रीहरुको गाडी हुईँकिदै आएको झल्को दिन्थ्यो ।
यसरी साईरन सहित आएको टोलीलाई सेतो दौरा सुरुवाल अनी कालो कोर्ट र ढाकाटोपीमा सजिएका पुरुष अनी कोर्ट लगाएका अनी रातो पारी भएको सेतो साडीममा ठाँटिएका महिलाहरुले उनीहरुलाई सल्युट हान्दै स्वागत गरे । उनीहरु भित्र प्रवेश गरेको केही बेरमा कस्सेर घण्टी बज्यो बाहिर रहेका संचारकर्मी सहित सबै एकाएक हलभित्र दौडिएर पुगिहाले । हल भित्र बिशिष्ठ ब्यक्तीसँगै केही संसदहरुको पनि उपस्थीती त्यही बिचमा संसद भवन भित्र प्रबेश गरे १ नम्बर प्रदेश सभाका जेष्ठ सदस्य सरावगी उहाँलाई मर्यादा पालकले लिएर हल भित्र आएका हुन । संसद सचिवालयका सचिव ध्रुब घिमिरे पनि सँगै थिए । यसरी सभाहलको अग्रभागमा बसेका सरावगीले प्रदेश प्रमुखले आब्हान गरेको पत्र पढेर सुनाउँदै संसदको त्यस दिनको कार्यसुची पढेर संसदलाई सुनाउनुभयो । त्यसदिन भरी हुने कार्यक्रमको प्रारुप सहित संसद बैठकको पहिला दिनको जस्तै गरी बैठक सकाएर पुर्वाभ्यास सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्