विराटनगरका पत्रकार रिमाललाई कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार

<span class='c1'>विराटनगरका पत्रकार रिमाललाई कृष्णप्रसाद</span> <span class='c2'>सिग्देल पत्रकारिता पुरस्कार</span>

विराटनगर, २१ माघ।
यस बर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार बिराटनगरका पत्रकार कमल रिमाललाई प्रदान गरिएको छ । प्रेस चौतारी नेपालले २० औ स्थापना दिवसको अवसर पारेर पत्रकार रिमाललाई पुरस्कृत गरेको हो ।   बिगत लामो समय देखि विराटनगरमा रहेकार पत्रकारिता गर्दै आएका रिमाल उद्घोष दैनिक र हिमाल खबर पत्रिकामा कार्यरत रहनु भएको छ ।
पुरस्कार छनौट समितिका संयोजक यज्ञ शर्माले हरेक बर्ष चौतारीको स्थापना दिवसमा बितरण गर्दै आएको पुरस्कार यो बर्षपनि ५ बर्ष निरन्तर मोरङ मै काम गर्दै आएका पत्रकार मध्य रिमाललाई छनौट गरिएको जानकारी दिए । पुरस्कारको राशी ११ हजार १ सय ११ नगद रहेको चौतारीका मोरङ जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

पुरस्कार वितरण समारोह तथा स्थापना दिवसलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व सुचना तथा संचारमन्त्री शेरधन राईले एक नम्बर प्रदेशलाई समृद्ध बनाउने अभियानमा संचार माध्यामको भुमिका समेत महत्वपुर्ण हुने बताए । देश एउटा विशाल राजमार्गमा पुगेकोले अब समृद्धिका पाईलाहरु देश विकासमा लगाउनु पर्नेमा जोड दिए ।नेकपा एमालेका केन्द्रिय सदस्य जीवन घिमिरे, जिल्ला अध्यक्ष विनोद ढकाल, प्रेस चौतारी नेपालका १ नम्बर प्रदेश संयोजक लिलाराज भट्टराई, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल लगायतले स्थापना दिवसको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्