मोरङमा आगो ताप्नेक्रममा शरीरमा आगोलाग्दा महिलाको मृत्यु

<span class='c1'>मोरङमा आगो ताप्नेक्रममा शरीरमा</span> <span class='c2'>आगोलाग्दा महिलाको मृत्यु</span>

विराटनगर, २१ माघ ।
मोरङको सुनवर्षी नगरपालिका ९ डाँईनियामा आगो ताप्नेक्रममा शरीरमा आगो सल्किँदा एक महिलाको ज्यान गएको छ । आगो तप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा मृत्यु भएको हो । राती आफ्नै घरको चुल्होमा आगो ताप्दा मल्लिकको शरीमा अचानक आगो सल्किएको थियो । घाईतेपछि उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर ल्याएकोमा राती १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्