कांग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो , प्रदेश नं १ मा डा डिला संग्रौला

<span class='c1'>कांग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो , प्रदेश</span> <span class='c2'>नं १ मा डा डिला संग्रौला</span>

काठमाडौँ (रासस) ।  नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ ।

यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले उनलाई आज प्रदेश नं ४ मा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले यसअघि प्रदेश नं १ मा डा डिला संग्रौला, प्रदेश नं २ मा विमलेन्द्र निधि, प्रदेश नं ३ मा डिना उपाध्याय, प्रदेश नं ५ मा बालकृष्ण खाँण, प्रदेश नं ६ मा जीवनबहादुर शाही र प्रदेश नं ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्