प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु

<span class='c1'>प्रदेश नं १ को ऐतिहासिक</span> <span class='c2'>प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु</span>

प्रदेश नं १ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक बिराटनगरमा शुरु भएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा बैठक केहि बेर अघि सुरु भएको हो ।

संसद भवन भित्र १ सय ५० जना अट्न सक्ने गरीे ब्यवस्थापन गरिएको छ। ९३ जना संसद रहेकोमा आजको लागि भने केही विशिष्ठ ब्यक्तिहरु पनि सभाहलमा राखिने गरि ब्यवस्थापन गरिएको छ । संसद भवन प्रवेशमा ५ किसिमको परिचय पत्र लागु गरिएको छ ।  प्रदेश सभामा प्रवेशका लागि संसद, मर्यादापालक, संचारकर्मी, आगन्तुक, विशिष्ठ नागरिक, पुर्व सांसदलाई सभास्थल प्रवेश पास वितरण गरिनेछ । सभाहल भित्रबाट स्थानीय र राष्ट्रिय टेलिभिजनले सभाहलको प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिईएको छ । पहिलो बैठकमा १ नम्बर प्रदेशलाई चिनाउने १४ वटै जिल्ला ऐतिहाँसिक तस्वीरहरु राखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्