शुरु भयो, विराटनगरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय

<span class='c1'>शुरु भयो, विराटनगरमा मुख्यमन्त्री तथा</span> <span class='c2'>मन्त्री परिषदको कार्यालय</span>

विराटनगर २३ माघ ।

प्रदेश नं १ को मुख्यमन्त्री एव मन्त्री परिषदको कार्यालय खुलेको छ । क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमुख्यमन्त्री एव मन्त्री परिषदको कार्यालय खुलेसगै मुख्य सचिव यादव कोइरालाले पदवहाली गरेका छन् । उनले हाजिरीमा हस्ताक्षर गरी पदवहाली गरे । पदवहालीपछि मुख्य सचिव कोइरालाले एक नम्बर प्रदेशमा तोकिएका कार्यहरुलाई सूचारु गर्न मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट काम हुने जानकारी दिए । उनले सरकार गठनपछि भौतिक पूर्वाधार निर्माण, विकास, सेवालगाय कामलाई सम्बन्धित मन्त्रालयबाट हुँदै जाने र मुख्यमन्त्री कार्यालयबाट त्यस्ता कामको अनुगमन हुने पनि जानकारी दिए । मुख्य सचिव कोइरालाले अन्य मन्त्रालय खुल्दै जाने र तिनमा आवश्यक कर्मचारीहरु आउँदै जाने जानकारी दिए । मुख्यमन्त्री एव मन्त्री परिषदको कार्यालय सचिव सन्तोष श्रेष्ठका अनुसार मन्त्रालयका लागि २३ जना कर्मचारी रहनेछन। श्रेष्ठ सहित दुई सचिव मन्त्रालयका रहनेछन । क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतिले प्रयोग गर्दै आएको कोठालाई मर्मत गरेर मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको कार्यकक्ष बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्