सुनचाँदीको भाउ बढ्यो

<span class='c1'>सुनचाँदीको भाउ</span> <span class='c2'>बढ्यो</span>

काठमाडौं, २३ माघ   मंगलबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ६ सय रुपैयाँ बढेको हो । सोमबार सुन तोलाको ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी पनि तोलामा पाँच रुपैयाँ बढेको छ । सोमबार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्