​टेलिभिजन पत्रकारले गरे आफ्नै विवाहको प्रत्यक्ष प्रसारण (भिडियोसहित)

<span class='c1'>​टेलिभिजन पत्रकारले गरे आफ्नै</span> <span class='c2'>विवाहको प्रत्यक्ष प्रसारण (भिडियोसहित)</span>

माघ २३ – पत्रकारिता यस्तो पेशा हो जसमा अफ् ड्युटी भन्ने कुरा नै हुँदैन  । यहाँसम्म कि आफ्नै विवाहमासमेत पत्रकारले काम गरिरहेको हुन्छ । पाकिस्तानमा एक टेलिभिजन पत्रकारले आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका छन् ।

पाकिस्तानको टेलिभिजन सीटी फोर्टी वान टेलिभिजनका पत्रकार हनान बुखारीले आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका हुन् । प्रत्यक्ष प्रसारणमा दुलाहाकै भेषमा रहेका उनले आफ्नी दुलही, सासु र आफ्ना बुबाको पनि प्रतिक्रिया पनि समेटेका छन् । यो भिडियो यूट्युबमा भाइरल बनिरहेको छ । आफ्नै विवाहको प्रत्यक्ष प्रसारण गरेका बुखारीले आफ्ना बुवा, श्रीमती, आमा र सासूको अन्तर्वार्ता पनि लिएका थिए ।

उनले श्रीमतीलाई विवाहपछि कस्तो अनुभ भैरहेको छ भनेर सोधे, ‘मैले तिम्रो लागि स्पोर्टेस कार, हेभी बाइक लिएको छु । तिमी के भन्न चाहन्छौ ?’ पत्रकार श्रीमानको यो प्रश्नमा श्रीमतीले यस्तो जवाफ दिएकी छिन्, ‘म एकदमै खुशी छु कि तपाईँले मेरो चाहना पूरा गरिदिनुभयो । र मलाई यो विश्वास छ भविष्यमा पनि मेरा चाहनाहरुलाई तपाईँले बुझ्नुहुनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्