सुनसरीको बर्जु गाउँपालिकामा आगोले पोलेर घाइते महिलाको मृत्यु

<span class='c1'>सुनसरीको बर्जु गाउँपालिकामा आगोले</span> <span class='c2'>पोलेर घाइते महिलाको मृत्यु</span>

सुनसरीको बर्जु गाउँपालिकामा तिन साता अघि आगो ताप्नेक्रममा शरीरमा पोलेर घाइते भएकी एक महिलाको उपचारका क्रममा  मृत्यु भएको छ। माघ ३ गते राती बर्जु गाउँपालिका २ भिमपुर बस्ने ३२ वर्षीया अलिया देवी महत्तो घुर ताप्ने क्रम्मा अचानक कपडामा आगो सल्किंदा कम्मर मुनिको भाग जलेर घाइते भएकी थिईन। घाईते महत्तोलाई उपचारका लागि कोशी अंचल अस्पतालबाट मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा महिलाको मृत्यु भएको आफन्तले प्रहरीलाई जानकारी गराएका छन। घटनास्थलमा ईलाका प्ररही कार्यालय दुहवी र सितागञ्जबाट टोली खटिगई अनुसन्धान कार्य भई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्