यौन सम्बन्ध राख्न नमानेको भन्दै श्रीमती पिटने श्रीमान् जेल चलान

<span class='c1'>यौन सम्बन्ध राख्न नमानेको भन्दै</span> <span class='c2'>श्रीमती पिटने श्रीमान् जेल चलान</span>

भक्तपुर, २७ माघ । आफूले चाहेको बेलामा यौन सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमती कुटपिट गर्ने श्रीमान् जेल चलान भएका छन् । श्रीमती जयन्ती श्रेष्ठलाई गत पुस २६ गते घरमा स्टिलको पाईपले टाउँकोमा पटक– पटक हानेर घाईते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्न ३८ वर्षका सुमन श्रेष्ठ पुर्पक्षका लागि थुनामा गएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस भोजराज शर्माको एकल ईजालासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को दफा २ अनुसार कानून बमोजिम सिधा पाउने गरी थुनामा राखी मुद्धाको पुर्पक्ष गरी अदाली व्यबस्था १२४ बमोजिम आदेश दिएको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

आफूले चाहेको बेलामा यौन सम्पर्क राख्न नदिएको भन्दै श्रीमती माथि परपुरुषको शंका गर्ने र यही कारणले पटक–पटक झगडा पर्दै आएको श्रेष्ठले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख गरेका छन् । २०६२ सालमा विवाह भई ८ वर्षकी छोरी सुनिधी र ६ वर्षको छोरा सफल जन्म भईसके पछि पनि सुमनले माईत जादा वा अरु कोही व्यक्तिसँग बोल्दा पनि शंका गर्ने, बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरिएको छ ।

पुस २६ गते पनि यौन सम्पर्क गर्न नदिए पछि आवेगमा आएर सुमनले स्टीलको पाईपले टाउँकोमा हानेर बेहोस र मरणासन्न अवस्थामा पुर्याई कोठामै छाडेर हिडेपछि परिवारका अन्य सदस्यले मध्यपुर अस्पताल पुर्याएका प्रहरीको भनाई छ । घाईते जयन्तीको चार ठाउँमा टाउँको छ र २० भन्दा बढी टाँका लगाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्