जाजरकोट, २७ माघ । जिल्ला अदालत जाजरकोटले एक विरामी महिलालाई बलात्कार गर्ने अभियुक्तलाई कैद र क्षतिपूर्तिको फैसला गरेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासबाट उक्त फैसला गरेको हो । जिल्ला न्यायाधीश गिरीको इजलासबाट छेडागार नगरपालिका-८, सुवानाउलीका २६ वर्षीय दलबहादुर विटालुलाई ६ वर्ष कैदका साथै ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको हो।