सुनसरी, २८ माघ ।
सुनसरीको इटहरी उपमहानगरपालिका ९ स्थित टेङग्राखोलामा एक युवाको शव फेला परेको छ । टेङग्राखोलाको पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । पानीमा तल्लो भागमा कपडा लगाएको तर माथिल्लो मागमा कपडा नलगाएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शरिरमा कुनै पनि किसिमको चोटपटक नदेखिएकाले अहिले नै केही भन्न नसकिने प्रहरीले वताएको छ । मृतकको पोष्टमाटमको रिपोट आएपछि मात्र मृत्युको कारण भन्न सकिने इलाका प्रहरी इटहरीमा प्रहरी नायव उपरिक्षक सञ्जय राउतले जानकारी दिए ।