ईटहरी २८, माघ ।
सुनसरीको इटहरी भएर बग्ने टेग्रांखोलाको सफाई सुरु गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आयोगको क्षेत्रीय कार्यालयको अग्रसरतामा टेग्राखोला सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा सहभागीहरुले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले खोलाको सफाईलाई निरन्तरता दिदै खोला क्षेत्रको अतिक्रमण हटाउने अभियानसमेत चलाउने बताए ।
टेग्राखोलाको सफाई गर्ने कार्य प्रशंसायोग्य भएको र यसलाई निरन्तरता दिनुपर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली जोड दिए । सफाई अभियानमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, इटहरी क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका साथै स्थानियवासीको सहभागिता थियो ।