विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा

<span class='c1'>विराटनरका आठ वटा स्कूल</span> <span class='c2'>विजयी भइ क्वाटरफाइलनमा</span>

विराटनगर, २ फागुन  ।
विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबल प्रतियोगिता विराटनरका आठ वटा स्कूल विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेका छन् । विराटनगरमा बुधबार भएको खेलमा मोर्डन एरा, बिकेभिएमले समान ९÷९ अंक, सगरमाथाले ८, कान्तिपुर, लर्डबुद्धले समान ७/७ र जेम्स, अरनीको र ग्रेडेड स्कूलले समान ६/६ अंक जोडेर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा राईजिङलाई बिकेभिएमलले २५–२८ र २५–१४ को सोझो सेटले पराजित गरी बिकेभिएम क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोही दिन भएको दोस्रो खेलमा आइडललाई ग्रेडेडले २५–७ र २५–१४ को सोझो सेटले पराजित ग¥यो । त्यस्तै तेस्रो खेलमा लर्डबुद्धलाई सगरमाथाले १८–२५, २५–२३ र २५–८ को सेटले जित्यो । त्यसैगरी चौथो खेलमा कान्तिपुरले आइडललाई २५–१५ र २५–१४ को सोझो सेटले पराजित ग¥यो । पाँचौ खेलमा ब्राइटएन्जलले मालबिकालाई २५–२३ र २५–१९ सेटले हरायो । छैठो खेलमा मोर्डन एराले जेम्सलाई २५–१२ र २५–१६ को सोझो सेटले जित्यो । सातौ खेलमा ब्राइट एन्जललाई लर्डबुद्धले १०–२५, २९–२७ र १०–२५ को सोझो सेटले पराजित ग¥यो । प्रतियोगिताको दोस्रो खेलहरु शुक्रबारदेखि हुने कार्यक्रम संयोजक इन्द्र राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्