एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले आज सपथ लिँदै

<span class='c1'>एक नम्बर प्रदेशका मुख्यमन्त्री</span> <span class='c2'>राईले आज सपथ लिँदै</span>

विराटनगर, ३ फागुन ।
एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको लागि सपथ ग्रहणको कार्यक्रम तय भएको छ । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे बिराटनगरमा रहेको बिरेन्द्र सभागृहमा सपथग्रहणको तयारी थालेको हो । बुधवार दिउँसो मु्ख्यमन्त्रीको प्रमाणपत्र लिए लगत्तै सपथ ग्रहणको कार्यक्रम गर्ने तय भएको हो । प्रदेश प्रमुखको कार्यालयका सचिव रामकृष्ण गुरागाईले सपथ ग्रहणको तयारी भईरहेको जानकारी दिनुभयो ।
नेपालको संबिधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश नम्बर १ को मु्ख्यमन्त्रीमा नियुक्त हुनु भएको राईको सपथ ग्रहण लगत्तै मुख्यमन्त्री राईले मन्त्रीहरुको नियुक्त गर्ने कार्यक्रम रहेको छ। मुख्यमयन्त्री राईलाई प्रदेश प्रमुख प्रा.डा. गोबिन्द बहादुर तुम्बाहाङले सपथग्रहण गराउनुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्