ईटहरी, ३ फागुन ।
पूर्व क्षेत्रीय शसस्त्र प्रहरी गणले सर्पको टोकाईबाट जोगिन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
स्नेक कन्जरभेसन सोसाइटी नेपालका सर्प विशेषज्ञ महेन्द्र कातिलाले सर्पको टोकाईबाट बच्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । उहाँले सर्पले डसेमा हतोत्साहीत नभई नदौडी नजिकैको स्वास्थ्य केन्द्रमा जानु पर्ने बताउनुभयो । सर्पले डसेमा चुस्ने, काट्ने र आगोले डाम्ने काम नगर्न पनि उहाले सुझाव दिनुभयो । उहाँले सर्पलाई पीर नपरी मानिसलाई हतपत नटोक्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै पूर्व क्षेत्रीय शसस्त्र प्रहरी गणका एसपी भीम ढकालले सुरक्षाकर्मी साथीहरु सर्पको टोकाइबाट भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
तालिममा पूर्व क्षेत्रीय शसस्त्र प्रहरी गणका १ सय जनाको सहभागिता थियो ।