आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस

<span class='c1'>आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता</span> <span class='c2'>प्रदान गर्न सरकारलाई सिफारिस</span>

काठमाडौँ, फागुन ४ गते । राष्ट्रिय मानव अधिकार आयोगले आमाको नामबाट प्रत्येक सन्ततिलाई नागरिकता प्रदान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले विहीबार जारी गरेको विज्ञप्तिमा सरकारलाई पत्रमार्फत नेपाली आमाबाट जन्मिएका सबै सन्ततीलाई सहज रूपमा आमाको नामबाट नागरिकता उपलब्ध गराउन सिफारिस गरेको जनाइएको छ ।
विज्ञप्तिका अनुसार नेपालको संविधान (२०७२) को धारा १२ ले वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्न गरेको व्यवस्था तथा सर्वोच्च अदालतको फैसला बमोजिम आमाको नामबाट नागरिकताको प्रमाणपत्र लिन चाहने प्रत्येक सन्ततीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्न आयोगले सरकारलाई सिफारिस गरी पठाएको छ ।
आयोगले विज्ञप्तिमार्फत् नगरपालिका, गाउँपालिकालगायत स्थानीयतहबाट बेवारिसे शव सदगद गर्दा अनिवार्य रुपमा व्यवस्थित अभिलेखीकरण गर्न र बेवारिसे शव व्यवस्थापन सम्बन्धमा प्रचलित कानूनमा भएका व्यवस्था पर्याप्त नभएको हुनाले पुनरावलोकन गर्नसमेत सरकारलाई पत्राचार गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्