पोर्नस्टार डेनियलले ट्रम्पसँग भएको सम्बन्धबारे खुलासा गर्ने

<span class='c1'>पोर्नस्टार डेनियलले ट्रम्पसँग भएको</span> <span class='c2'>सम्बन्धबारे खुलासा गर्ने</span>

पोर्नस्टार स्टोमी डेनियलले ट्रम्पसँग भएको सम्बन्धबारे खुलासा गर्ने बाटो खुल्ला भएको छ ।

ट्रम्पका कानुनी सल्लाहकार माइकल कोहेनले डोनियललाई आफ्नो सम्बन्ध गोप्य राख्न एक लाख ३० हजार अमेरिकी डलर दिएको खुलासा गरेपछि डोनियलले ट्रम्पसँग उनको सम्बन्धबारे खुलासा गर्ने बाटो खुलेको हो । 

डेनियलका म्यानेजर गिना रोड्रिगुजले डेनियलले सबै कुरा भन्न गैरहेको बताएकी छिन् । यो वर्षको सुरुवातमा अमेरिकाको वाल स्ट्रिट जर्नलले ट्रम्पले सन् २०१६ मा भएको चुनावमा डेनियललाई एक लाख ३० हजार अमेरिकी डलर दिएर सन् २००६ मा भएको ट्रम्प र मेलिनाको सम्बन्ध गोप्य राख्न लगाएको समाचार प्रकाशित गरेको थिायो । तर ट्रम्प र डेनिल दुवैले उनीहरुबीच कुनै सम्बन्ध नभएको जनाएका छन् ।

तर डेनियलले सन् २०११ मा टच म्यागाजिनमा आफू र ट्रम्पबीच सम्बन्ध रहेको अन्तर्वाता दिएको बीबीसीमा उल्लेख गरिएको छ । उक्त अन्तर्वाता भर्खरै प्रकाशित भएको थियो । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारप्रति कटाक्ष गर्दै डेनियलले आफूहरुबीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेकी थिइन् ।

ट्रम्पका कानुनी सल्लाहाकारले ट्रम्पले डेनियललाई एक लाख ३० हजार तिरेको खुलासा गेपछि डेनियलले ट्रम्प र उनको सम्बन्धबारे खुलासा गर्ने जनाइएको छ । डेनियलकी म्यानेजर रोद्रिगेजले बुधबार पत्रकारहरुसँग डेनियलले सबै कुरा खुलासा गर्ने बताएकी छिन् । ट्रम्पका कानुनी सल्लाहाकारले ट्रम्पले डेनियललाई रकम तिरेको खुलासा गरेपछि यो जानकारी आएको हो । डेनियलको वास्तविक नाम स्टेफेन क्लिफोर्ड रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्