काठमाडौँ, फागुन ९ गते । आज बिहान यहाँ ‘गोरखा भूकम्प’को पराकम्प गएको छ ।
बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।