इडेन मेघा मेलाको पुर्ब सन्ध्यामा शोधायात्रा , मेला भोली हुने

<span class='c1'>इडेन मेघा मेलाको पुर्ब सन्ध्यामा</span> <span class='c2'>शोधायात्रा , मेला भोली हुने</span>

विराटनगर, ११ फागुन । विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा ‘इडेन मेघा मेला – २०७४’ हुने भएको छ ।
स्कुलले शनिबार स्कूल प्राङ्गणमा आयोजन गर्ने मेलाको सम्पूर्ण तयार पुरा भएको स्कूलका प्रिन्सिपल चिन्तामणी बस्नेतलले जानकारी दिनुभयो। १२ गते हुने मेघा मेलाले बालबालिकालाई अघिल्लो पुस्तासँग जोड्ने बस्नेतलको भनाई छ । मेलाको पुर्ब सन्ध्यामा बिद्यालयले आज शोभायात्रा निकालेको छ । स्कूलको कार्यक्रममा विद्यार्थी शिक्षक र स्कूलको मात्र नभई अभिभावकसँग प्रत्यक्ष सम्बन्ध जोड्न मात्र खोजिएको बस्नेतले जानकारी दिनुभयो ।
मेघा मेलाको प्रबद्र्धन गर्ने उदेश्यले शुक्रबार शोभा यात्राको आयोजना गरेको हो । स्कूलको प्राङ्गबाट शुरु भएको सोभा यात्रा बुद्ध चौकबाट ठुलो मिल हुँदै पुन ः स्कूलमा आएर समापन भएको थियो । शोभा यात्रा परिक्रमाको क्रमा विद्यार्थी, अभिभावक, स्कूलका कर्मचारी, शिक्षक तथा शिक्षिकालगायत विभिन्न जातजाती , भेषभुषा र संस्कृती झल्कने भाँकीसहित निकालीएको थियो ।
मेलामा जर्पे, मदानी, कुँडो, हल्लुड, हरिस, जुवा, कोदाली, हँसिया, घैटो,ठेकी, पिरा, मानो,पाथी, ढिकी, ओख्ली र भखारी लगातका पुराना तथा पुरातात्विक वस्तुहरुको प्रदर्शनी राखिने स्कूलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्