खुल्ला लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु बोर्डिङ पहिलो

<span class='c1'>खुल्ला लोकनृत्य प्रतियोगितामा सुनसरीको</span> <span class='c2'>मकालु बोर्डिङ पहिलो</span>

विराटनगर, १२ फागुन ।
भानुकला केन्द्र विराटनगरले आयोजना गरेको पूर्वाञ्चल विद्यालय स्तरीय खुल्ला जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । मकालुले झोरा नृत्य प्रस्तुत गरेको थियो । वरिष्ठ कलाकार तथा संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिवार आयोजित प्रतियोगितामा झिझिया नृत्य प्रस्तुत गरेर अन्नपूर्ण बोर्डिङ स्कुल विराटनगर द्वितीय र समा चखेवा नृत्य प्रस्तुत गरेर सुम्निमा इङ्लिस बोर्डिङ स्कुल विराटनगले तृतीय स्थान प्राप्त गरेका छन् । झापा, मोरङ र सुनसरीका एक दर्जनभन्दा बढी विद्यालयको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट अनुशासित विद्यालयको पुरस्कार कोशी विद्या मन्दिर, उत्कृष्ट प्रस्तुतिको पुरस्कार डिएभी सेकेण्डरी बोर्डिङ स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार मदर टेरेसा र मौलिकतातर्फको पुरस्कार मार्टस सेकेण्डरी बोर्डिङ स्कुलले प्राप्त गरेका छन् । उत्कृष्ट विद्यालयहरूलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, राष्ट्रियसभाका सदस्य प्राज्ञ खेम नेपालले संयुक्त रुपमा पुरस्कार र ट्रफी प्रदान गरे ।
केन्द्रले १३ वर्षदेखि हरेक वर्ष आशावादीको जन्मजयन्तीका अवसरमा लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष माया पौडेलले जानकारी दिइन् । प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेशका सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा घिमिरेले भाषा, साहित्य र संस्कृतिको जर्गेना प्रदेश सरकार योजनाबद्ध रुपमा लागिपर्ने बताए । उनले प्रदेशलाई विकास निर्माणमा मात्रै नभएर भाषा, साहित्य र संस्कृतिमा समेत समृद्ध बनाउने उल्लेख गरे । कार्यक्रममा एमाले नेता महेश रेग्मी, साहित्यकार देवी पन्थी, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदित, आयोजक संस्थाका सहसचिव प्रचण्ड पौडेललगायतले नेपाली कला र संस्कृतिका क्षेत्रमा चतुर्भुज आशावादीले पु¥याउनुभएको योगदानको चर्चा गरेका थिए । प्रतियोगितामा जाट जटिन, टप्पा, संगिनी, मगर, तामाङ सेलो, झिझिया, मारुनी, लाठी, समा चखेवालगायतका नृत्य प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्