होलीमा महिलामाथि फोहोर पानी छ्याप्ने र लोला हान्नेलाई कारवाही हुने

<span class='c1'>होलीमा महिलामाथि फोहोर पानी छ्याप्ने</span> <span class='c2'>र लोला हान्नेलाई कारवाही हुने</span>

काठमाडौँ, फागुन १३ गते । होलीका नाममा विकृति फैलाउने र महिलामाथि दुव्र्यवहार गर्नेहरूविरुद्ध महानगरीय प्रहरीले सशक्त कारवाही अभियान सञ्चालन गरेको छ । होली पर्वको सुरुवातसँंगै शुक्रबारबाट राजधानीका सडक–गल्लीमा महिलामाथि फोहोर पानी छ्याप्ने र लोला हान्ने विकृति सुरु भएको छ ।

बिहानको समयमा शिक्षण संस्था, कार्यालय आदि स्थानमा जाँदै गरेको अवस्थामा एक्कासि फोहोर पानी छ्याप्दा चोट लाग्नुका साथै भिजेर दुःख पाइएको गुनासो पीडित महिलाहरूले गरेपछि शुक्रबारबाट प्रहरीले टोल तथा गल्लीहरूमा ‘माइकिङ’ गरी सचेत गराइएको जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी व्रिष्ठ उपरीक्षक विश्वराज पोखरेलले होलीका नाममा विकृति फैलाउनेहरू विरुद्ध सशक्त कारवाही अभियान सञ्चालन गरिएको बताउनुभयो ।
होली पूर्णिमाका दिनमा पनि स्थानीय प्रशासनको स्वीकृति विना समूह बनाएर सडकमा होली खेल्ने, जथाभावी पानी तथा रङ छ्याप्दै हिँड्ने, मदिरा सेवन गरी होहल्ला गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।
पर्यटकीय स्थल ठमेल, वसन्तपुर, दरबारमार्गलगायतका क्षेत्रमा घुम्न आउने महिला पर्यटकहरूमाथि पानी छ्याप्ने र अविर दल्ने नाममा अश्लील क्रियाकलाप गर्नेविरुद्ध सशक्त अभियान सञ्चालन गरिएको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक पोखरेलले होली पूर्णिमाको दिन ठमेल क्षेत्रमा विशेष सुरक्षा निगरानी बढाउने तयारी भइरहेको बताउनुभयो ।
यसैबीच, काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठकले इच्छाविपरीत जबर्जस्ती गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने निर्णय गरेको छ । समितिका सदस्य सचिव एवम् सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पर्वका नाममा चन्दा सङ्कलन गर्न, चन्दा दिन दबाब दिनेलगायत कार्य गर्नेलाई पनि तत्काल पक्राउको आदेश दिइएको जानकारी दिनुभयो ।
आफूमाथि अभद्र वा जबर्जस्ती व्यवहार हुना साथै प्रहरीलाई कन्ट्रोल नम्बर १०० मा तुरुन्त सम्पर्क गर्न र यस्ता गुनासाको तत्काल सुनुवाइ गर्न समितिले महानगरीय प्रहरी प्रभागलाई निर्देशन दिएको छ । काठमाडाँैंलगायत पहाडी जिल्लाहरूमा फागुन १७ गते र तराई मधेसका जिल्लामा १८ गते फागु पूर्णिमा मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्