मिल्स एरियमा होलीलाई विशेष वनाईने

<span class='c1'>मिल्स एरियमा होलीलाई</span> <span class='c2'>विशेष वनाईने</span>

विराटनगर १५ फागुन ।
तराईमा विशेष तरिकाले मनाईने होली पर्वलाई मिल्स एरियाका युवाहरुले अझ बिशेष बनाउने भएका छन् । अरुले भन्दा फरक शैलीमा मनाउदै आएका यहाँका युवाहरुले यस बर्षको होली पनि फरक रुपमा मनाउने तयारी थालेका हुन । मिल्स एरीयामा रहेको ‘रानी युवा समुह’ ले “ईलोक्ट्रो होली फेष्टा २०७४” गर्ने भएको हो ।
आगामी फागुन १८ गते तराईमा मनाईन लागेको होली पर्वलाई बिशेष बनाउन डिजे सहितको उपस्थितीमा होली पर्व मनाउन लागिएको क्लवको अध्यक्ष सज्जन राना मगरले जानकारी दिनुभयो ।
आगामी शुक्रबार बैंक चौकमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म होली पर्व विशेष साँस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उहाँको भनाई छ । होली फेष्टालाई विशेष बनाउनको लागि दक्षिण गेट, रघुपती, नयाँ बस्तीका साथै विराटनगर बजार देखि कार्यक्रममा सहभागी हुने आयोजकको दावी छ । होली पर्वलाई विराटनगरको मेनु क्याफे, टेन्सवर्गले सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्