पाँचथरमा उत्कृष्ट चार अलैँची कृषक पुरस्कृत

<span class='c1'>पाँचथरमा उत्कृष्ट चार</span> <span class='c2'>अलैँची कृषक पुरस्कृत</span>

पाँचथर,१५ फागुन ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैँची जोन कार्यकाक्रममा फालेलुङ गाउँपालिकाका चारजना अलैँची कृषक पुरस्कृत भएका छन् ।

उनीहरु उत्कृष्ट किसानका रुपमा पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरुमा फालेलुङ गाउँपालिका वडा नम्बर १ का अग्नि प्रसाद मिश्र, वडा नम्बर २ का हेमबहादुर खत्रि, वडा नम्बर ६  का अनुज राई र वडा नम्बर ७ का चन्द्रकुमारी मेयोङबा रहेका छन् ।

उनीहरुलाई फालेलुङ – ७ बासबोटेमा सञ्चालन भैरहेको अलैँची मेला तथा प्रदर्शनीमा पुरस्कृत गरिएको हो । यो क्षेत्रमा कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक व्यवसाय दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्नेगरी निर्यात योग्य कृषि उपजको मूल्य अभिवृद्धि गर्दै रोजगारी सिर्जना गर्न अलैँची जोन कार्यक्रम सञ्चालन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्