विराटनगर भन्सारमा १० करोड घोटाला प्रकरण, प्रहरीले घटना सार्वजनिक गरेन..

<span class='c1'>विराटनगर भन्सारमा १० करोड घोटाला प्रकरण,</span> <span class='c2'>प्रहरीले  घटना सार्वजनिक गरेन..</span>

सुमन सुस्केरा
विराटनगर, १६फागुन ।
विराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउतलाई गत फागुन २ गते पक्राउ ग¥यो । पक्रउ परेका ब्यक्तिको बिषयमा प्रहरीले अहिले सम्म आधिकारिक जानकारी गराएको छैन । राउतलाई पक्राउ गरेको १५ दिन पुगिसकेको छ । घटनाको बिषयमा प्रहरीले बैंकिङ कसुर गरेको मात्र जनाएको छ । अरु को को पक्राउ परे भनेर जानकारी दिन समेत आलटाल गर्ने गरेको प्रहरीले मंगलवार साँझ थप एकजनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंक बन्दरगाहा शाखा प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको हो । बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको छ ।
किन पक्राउ परे कर्मचारी
मालबस्तु आयात गरेवापतको रकममा अनियमितता गरेको आशंकामा प्रहरीले बैंकका सहायक कर्मचारी राउत र शाखा प्रमुख निरौलालइृ पक्राउ गरेको हो । विराटनगर भन्सार कार्यालयका एजेन्ट ललित बोहरा र सुरेश बोहराले जाँचपास गर्ने क्रममा तिर्नु पर्ने रकममा बैकमा पैसा नै नभएका चेक दिएका थिए । त्यो चेक बैंकका कर्मचारीले लिए पछि त्यो चेक फिर्ता भयो त्यसैको आधारमा बैंकका कर्मचारीको मिलेमतोमा राजश्व ठगी भएको र आर्थिक अपचलन गरेको भन्दै प्रहरीले ककर्मचारी पक्राउ ग¥यो । भन्सार एजेण्ट संघका अध्यक्ष विजेन्द्र परासरले बैंकको कर्मचारी र भन्सार एजेण्ट दुबै दोषी रहेको बताउनुभयो । यसरी भन्सार एजेण्ट र बैंक कर्मचारीबाट झण्डै १० करोड राजश्व हिनामिना भएको देखिन्छ ।
माल सामान नेपाल भित्र्याएको १० करोड रुपैयाँ भन्सार राजश्वमा दाखिला भएन बोहरा दाजु्भाईले दिएको चेक वाउन्स भएर फर्किएको थियो । माल सामान क्लियरिङ गर्ने क्रममा राष्ट्रिय वाणिज्य बैंकमा पेश भएको चेक वाउन्स भएपछि आर्थिक अपचलन भएको भन्ने बिषय बाहिर आएको हो । विराटनगर भन्सार कार्यालयमा बैक मार्फत कारोवार हुन्छ । बैंकमा जम्मा भएको भौउचरको आधारमा क्लियरिङ दिने गरिएको भन्सार कार्यालय जनाएछ । प्रहरीले राउतलाई पक्राउ गरेको १३ दिन पछि शाखा प्रमुख निरौला पनि पक्राउ परेका हुन् ।
कर्मचारी पक्रने प्रहरीले एजेण्ट समातेन
राष्ट्रिय वाणिज्य बैंक बन्दरगाहा शाखाका २ जना कर्मचारीलाई पक्राउ गरेको पेहरीले भन्सार एजेण्टहरु ललित बोहरा र सुरेश बोहरालाई भने पक्राउ गर्न सकेको छैन । लामो समय सम्म पक्राउ परेका ब्यक्तिको बारेमा जानकारी नदिने प्रहरीले मंगलवार साँझ पक्राउ परेका निरौलाको बारेमा पनि जानकारी गराएको छैन । यसरी कर्मचारी पक्राउ गर्दै राख्दै गरेको प्रहरीले घटनाको बिषयमा पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्दै आएकोमा यो घटनामा भने प्रहरीले आधिकारिकता अझै बाहिर नल्याउनुलाई बिभिन्न आशंका गरिएको छ । घटनालाई मिलाउनको लागि बिराटनगरका केही ब्यापारीहरु लागि परेको कारणले पनि धेरै बिषय सहस्यको गर्भमा राखिएको छ । १० करोड घोटालाको सन्दर्भमा अनुसन्धान गर्दै गरेको जनाएको प्रहरीले त्यो बाहेक कुनै प्रतिक्रिया दिने नै गरेको छैन । भन्सार एजेष्ट बोहरा दुबै जना अहिले फरार छन् । उनीहरुको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । २ गते जुन दिन राउतलाई प्रहरीले पक्राउ गरेको थियो त्यो दिन सम्म पनि बोहोरा दाजुभाई बिराटनगर मै रहृेका थिए ।कर्मचारीलाई पक्राउ गरिएको दिन किन एजेन्ट पक्राउ परेनन् भन्ने बिषय सबैको चासोको बिषय बनेको छ । भन्सार एजेन्ट संघका एक सदस्यले भने, ‘१० करोड काण्डका २ जना एजेण्ट पक्राउ नपर्नुमा त्यसमा प्रहरीको पनि कहिँकतै संलग्नता भएको हुनसक्छ ।’
यस बरोमा मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले घटनाको बिषयमा अनुसन्धान भईरहेकोले केही बोल्न नमिल्ने बताउनुभयो । सबै घटनाको पत्रकार सम्मेलन गरेर सार्बजनिक गर्ने मोरङ प्रहरीले अहिलेसम्म घटनाको बारेमा जानकारी दिन पत्रकार सम्मेलन नगर्नुले मुद्धाको प्रकृति कसरी अघि बढ्दैछ भन्ने अन्यौल छ ।
सल्वलाएका ब्यापारी
१० करोडको वाउन्स चेक प्रकरणलाई मिलाउनको लागि बिराटनगरका ठुला उद्यगी ब्यापारी लागेको खुलेको छ । विराटनगरका उद्योगी महेश जाजु सहितको टोली परिचालित भएको बताईन्छ । भन्सार कार्यालयका अनुसार, ‘बिराटनगरका एजेण्ट सुरेश र ललितले विराटनगरका ठुला उद्योगी घरानाको क्लियरिङमा एजेण्टको काम गर्दै आएका छन् ।’
यो घटनालाई मिलाउनको लागि आन्तरिक सेटिङमा जाजु् सहितको टोली लागेको बताईन्छ । उहाँ सँगै अन्य ठुला उद्योगीहरुको पनि हात रहेको एक ब्यापारीले बताए । उद्योगी महेश जाजुको एशियन थाई फुड्स, भुषण ग्रुपको आरती स्ट्रिप्स, जाजुकै हिमगिरी सोप एण्ड केमिकल्स, अनुज पोद्दारको जय श्रीपियुटेक, पशुपति सिमप्याक, मुलचनको खल्ली निकासी, जगदम्बा सिमेन्ट, निगाले सिमेन्ट, मारुती सिमेन्ट लगायत कम्पनीको जाँचपास क्लियरिङको काम बोहरा दाजुभाईले गर्दै आएका थिए ।
मोरङ र सुनसरीका ठुला उद्योगको कच्चा पद्धार्थ एवम ठुला व्यवसायिक घरानाका माल सामानको क्लियरिङ गर्दै आएका बोहरा दाजुभाईले बिभिन्न समयमा एकाउण्ट पे–चेक मार्फत मालबस्तु छुटाएको तर खातामा रकम नभएका कारण ति चेकहरु क्लियरिङ हुन नसकेको हो । बोहरा दाजुभाईले केही रकम बुझाएको भएपनि ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ क्लियरिङ हुन नसकेपछि कर्मचारीको पनि मिलेमतो भएकोले प्रहरीले कर्मचारी पक्राउ गरेको हो । तर कर्मचारी पक्राउ पर्दा पनि दुई बोहरालाई पक्राउ गर्न सकेको छैन । उनीहरुको खोजी भईरहेको प्रहरी उपरिक्षक विसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्