तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता फागुन १९ गतेदेखि शुरु हुने

<span class='c1'>तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता</span> <span class='c2'>फागुन १९ गतेदेखि शुरु हुने</span>

सुरुङ्गा । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए।

प्रतियोगितामा आयोजक टिम रमपम झापा ११ सहित मनाङ मस्र्यांदी, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीबल, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुरपश्चिम ११ कैलाली र भारतको सिक्किम युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजयी टोलीले रु १२ लाख ५१ हजार र उपविजेता टोलीले रु छ लाख प्राप्त गर्नेछ ।

त्यस्तै झापा ११ बाट उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई मोटरसाइकलसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने पनि सो अवसरमा जानकारी गराइयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्