मनोकामना स्कुलले मनायो १४ औं बार्षिक उत्सव

<span class='c1'>मनोकामना स्कुलले मनायो १४</span> <span class='c2'>औं बार्षिक उत्सव</span>

विराटनगर १६ फागुन । विराटनगर १५ मा रहेको मनोकामना सेकेन्डरी ईङलिस बोडिङ्ग स्कुलले आफ्नो १४ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । बि.स २०६४ सालमा स्थपना भई २०६१ सालदेखि नयाँ व्यावस्थापनबाट संचालनमा आएको विद्यालयले आफ्नो प्राङगणमा नृत्य,गायन,हास्यविधा,कविता वाचन जस्ता कार्यक्रमको आयोजना गरि बुधवार बार्षिक उत्सव मनाएको हो । बार्षिक उतसवको क्रममा विद्यार्थीहरु आ– आफ्ना कला प्रर्दशन गरेका थिए ।
साथै वर्षभरी सर्वोउत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका प्रिन्सिपल ओमकार आचर्यले जानकारी दिनुभयो । स्कुलले पढाई अतिरिक्त खेलकुद,नृत्य, गायन क्षेत्रमा उति कै मात्रामा विद्यार्थीहरुलाई अग्रसर पारिएको आचार्यले बताउनुभयो ।
कार्यक्रममा एन प्याब्सन मोरङका सल्लाकार राजन छाराहाङ, प्रदेश नम्बर १ का सदस्य कुमार विक्रम खवास लगायतका शिक्षक, शिक्षिका तथा विद्यार्थीका अभिवकको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्