बिद्यार्थीको आकर्षण बढाउन बिद्यालयमा पुस्तकालय

<span class='c1'>बिद्यार्थीको आकर्षण बढाउन</span> <span class='c2'>बिद्यालयमा पुस्तकालय</span>

तेह्रथुम, १७ फागुन ।
तेह्रथुमको छथर गाउँपालिका सुदापमा रहेको मछिन्द्र माविले विद्यालयमा पुस्तकालय स्थापना गरेपछि अध्ययनका लागि आउने विद्यार्थीको चाप वढेको छ ।
अध्ययन सामग्री अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्दै जान थालेपछि विद्यालयले विद्यार्थी तान्न पुस्तकालय स्थापना गरेको हो । विद्यालयमै पुस्तकालय स्थापना भएपछि आफुहरुलाई अध्ययनका लागि सहज भएको हो विद्यार्थीको भनाई छ ।
विद्यालयमै पुस्तकालय स्थापना भएपछि अन्य विद्यालयका शिक्षकलाई समेत अध्यापनका लागि सन्दर्भ सामग्री जुटाउन सहज भएको विद्यालयको भनाई छ ।पुस्तकालयमा भुगोल, ईतिहास, धर्म संस्कृति, पर्यटन, कृषि, वन तथा वातावरण, विज्ञान, अर्थशास्त्र लगायतका ५ हजार वढी पाठ्यपुस्तक संकलन गरेर राखिएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्