सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण गर्भवती महिलाको मृत्यु

<span class='c1'>सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका</span> <span class='c2'>कारण गर्भवती महिलाको मृत्यु</span>

सप्तरी, १८ फागुन ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् ।
सोमबार अस्पतालमा प्रसुति गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको प्रसुति गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । राती ८ बजेदेखि पीडा सुरु भएपछि सुरुदेखी नै उनको उपचारमा लागेका अस्पतालका चिकित्सक दिलिपकुमार साह नआएपछि राती १ बजे अनिताको मृत्यु भएको उनका श्रीमान रमेश यादवको आरोप छ । यता समयमै उपचार नपाउँदा मृत्यु भएको भन्दै आफन्तले बिहानैबाट अस्पताल परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले चिकित्सक साहलाई तत्काल कारबाहीको माग गरेका छन् । मृतक अनिताको ३ बर्षका छोरा र एक बर्षिया छोरी छन् । गर्भवति भएसँगै अनिताले चिकित्सक साहसँग चेकजाँच गराउदै आएकी थिइन् । यसैबीच सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी हेमबहादुर खड्काको नेतृत्वमा एक टोलीले घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्