डा. गोविन्द केसी पुनः अनसन बस्ने

<span class='c1'>डा. गोविन्द केसी</span> <span class='c2'>पुनः अनसन बस्ने</span>

मडकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा सुशासनका अभियान्ता डा. गोविन्द केसी पुनः अनसन बस्ने भएका छन् । प्रधान न्यायधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्न लागेका हुन् । प्रधान न्यायधीस पराजुलीले तत्काल राजीनामा नदिए फागुन २९ गतेदेखि अनसन सुरु गर्ने उनले जनाएका छन् ।

“न्यायालयमा भ्रष्टााचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानविन र कारवाही गरियोस्,” उनले विज्ञप्ती जारी गर्दै भनेका छन्, “चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी छहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिशबमोजिम कारवाही गरियोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्