काठमाडौं, २२ फागुन। जाडोलाई बिदाइ गरेर गर्मीलाई स्वागत गर्दै छौं । यसरी परिर्वतन हुने मौसमसँगै मौसमी फ्लुका कीटाणु पनि सक्रिय हुन्छन् । फ्लु श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउन जरुरी हुन्छ । फ्लुका कारण ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, दिसा पातलो जाने, बच्चामा पखाला चल्नेजस्ता समस्या सिर्जना हुन्छ । धुँवाधुलोबाट पनि फ्लुको संक्रमण हुनसक्छ । त्यसैले यस्ता सावधानी अपनाउन जरुरी छ ।
-फ्लुबाट बच्ने सजिलो तरिका भनेको फ्लु संक्रमित क्षेत्रमा प्रवेश नगर्नु हो । यदि संक्रमितसँग बस्नैपरे पाँच मिटरको दूरी कायम गर्न जरुरी छ ।
-संक्रमित व्यक्तिसँग हात मिलाउँदा पनि फ्लु सर्न सक्छ । यस्तो समय टाढैबाट अभिवादन गर्नु बढी फाइदाजनक हुन्छ ।
-संक्रमित भएमा पनि बाहिर हिँडडुल कम गर्नुपर्छ ।
-बाहिर गएर फर्केपछि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । बाहिरबाट घर आएपछि हातखुट्टा राम्रोसँग सफा गरेमा रोग लाग्ने सम्भावना ८० प्रतिशतले कमी हुने विभिन्न अध्ययनले देखाएका छन् ।