वैशाख १ गतेदेखि हरियो स्टिकरविनाका सवारी साधन महानगरभित्र प्रवेशमा रोक

<span class='c1'>वैशाख १ गतेदेखि हरियो स्टिकरविनाका</span> <span class='c2'>सवारी साधन महानगरभित्र प्रवेशमा रोक</span>

काठमाडौँ, २२ फागुन ।   सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताउनुभयो ।

“वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छाै, प्रदूषणमा फेल भए सवारी धनी र स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्छौं”, उहाँले भन्नुभयो ।

मन्त्री पण्डितले उपत्यकामा प्रदूषण गर्ने सम्बन्धित निकायसँग छलफल गरिसकिएको बताउँदै आगामी एक वर्षभित्र काठमाडौँमा मास्क नलगाई हिँड्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्