माधव नेपालको जन्मदिनमा प्रधानमन्त्री ओलीको केक

<span class='c1'>माधव नेपालको जन्मदिनमा</span> <span class='c2'>प्रधानमन्त्री ओलीको केक</span>

काठमाडौं, २२ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ ।

नेता नेपालको  ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री ओलीले ‘बर्थ डे केक’ खुवाएर नेता नेपाललाई शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिँदै आफ्नो जन्मोत्सवको केक खुवाउनु भएको छ ।

बालुवाटारमा बसेको  पार्टी स्थायी कमिटी बैठकमा नेता नेपालको जन्मदिन मनाइएको हो । जन्मदिनको अवसरमा पार्टीका नेताहरुले नेता नेपाललाई शुभकामना व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्