प्रदेश सरकारले स्थानीय तहसँग समन्वयकारी काम गर्ने : मुख्यमन्त्री राई

<span class='c1'>प्रदेश सरकारले स्थानीय तहसँग समन्वयकारी काम</span> <span class='c2'>गर्ने  : मुख्यमन्त्री राई</span>

विराटनगर, २३ फागुन ।
१ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले स्थानीय तहसँग समन्वयगरी विकास निमार्णको कामलाई अघि वढाउने वताउनु भएको छ ।
नेपाल नगरपालिका संघको १ नम्वर प्रदेशको प्रादेशिक भेलालाई आज विराटनगरमा सम्वोधन गर्नुहुदै मुख्यमन्त्री राईले प्रदेश सरकारले छिटै ऐन कानुन निमार्ण गरेर विकास निमार्ण तथा जनतालाई दिने सेवालाई प्रभावकारी वनाईने बताउनु भयो ।
राईले अवको एजेन्डा विकास र आर्थिक संवृद्धि भएकाले सोही अनुसार स्थानिय तहले विकास निमार्णका योजनाहरु वनाउनुपर्ने वताउनुभयो । विकास र संवृद्धिको यात्रा प्रारम्भ भइसकेको भन्दै मुख्यमन्त्री राईले यात्रालाई गन्तव्यमा पु¥याउने दायित्व सवैको भएको वताउनुभयो । स्थानिय सरकार नेपाली जनताको घरदैलोसंग जोडिएको सरकार भएकोले प्रदेश सरकारले पनि सोही अनुरुप निति तथा कार्यक्रम ल्याउने बताउनुभयो ।
मुलुकका लागि संघियता पहिलो अभ्यास भएकाले संघियताको मर्म अनुसार समवृद्धि र विकासका योजनाको प्रतिफल जनताले पाउनेगरी प्रदेश विकास निमार्णका योजनाहरु ल्याउनुपर्ने राईको जोड छ ।
कार्यक्रममा वोल्दै विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले प्रदेश सरकार र स्थानिय सरकार विच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाले समग्र मुलुकको हितका लागि नगरपालिकाको प्रादेशिक भेलाले नयाँ रणनीति तयार गरेर अघि वढ्नेमा जोड दिनुभयो ।
एक दिने भेलामा १ नम्वर प्रदेशका एक महानगरपालिका सहित ४० नगरपालिकाका मेयर उपमेयरको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्