प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था पुरा नगरेको आरोप

<span class='c1'>प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, संसदबाट शपथ</span> <span class='c2'>लिनुपर्ने संवैधानिक व्यवस्था पुरा नगरेको आरोप</span>

काठमाडौं, २३ फागुन ।  विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।  प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिनुभएको थियो । फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए । -रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्