मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता

<span class='c1'>मलामी गएका बैतडीका एक बालक</span> <span class='c2'>महाकाली नदीमा डुबेर बेपत्ता</span>

बैतडी (रासस) ।  मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १:३० बजे महाकालीमा बेपत्ता भएका हुन् ।

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्