काठमाडौं,२७ फागुन। राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको एक शीर्ष नेताले बताए । माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत माग्दैछन् ।
राजपा अध्यक्ष मण्डलका सदस्य एवं सांसद राजेन्द्र महतोले ओलीलाई मत दिइने बताए । उनले भने, एमाले र माओवादीले प्रदेश २ मा हामीलाई भोट हालेर ऋण लगाएका छन् । ऋण चुक्ता गर्न ओलीलाई भोट हाल्ने हो ।’ राजपाको समर्थनसँगै ओलीले कांग्रेस बाहेकका सबै दलको विश्वासको मत पाउने देखिएको छ ।