बालिका बलात्कारमा एकजना भारतीय नागरिक संलग्न रहेको आरोपमा पक्राउ

<span class='c1'>बालिका बलात्कारमा  एकजना भारतीय</span> <span class='c2'>नागरिक संलग्न रहेको आरोपमा पक्राउ</span>

रुपन्देही, २८ फागुन  । रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बगैंचाभित्र फूल टिप्न लागेको बेला रसिदले बलात्कारको प्रयास गरेपछि चिच्चाएकी ती बालिकाको प्रहरीले उद्धार गरेको थियो । पक्राउ परेका रसिद कपिलबस्तुको सुद्धोधन गाउँपालिकामा रहेको इटा उद्योगका मजदुर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्