सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता

<span class='c1'>सात महिनामै दुई लाखभन्दा</span> <span class='c2'>बढी सवारीसाधन दर्ता</span>

काठमाडौं, २८ फागुन

चालु आर्थिक वर्ष २०७४/०७५ को सात महिनामै दुई लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन्। तर, चालु आवको सात महिनामा दर्ता भएका सवारीको संख्या गत आवको ६ महिनाको संख्या बराबर छ। सात महिनामा कार/जिप दर्ताको संख्यामा भने गिरावट आएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईका अनुसार चालु आवको सात महिनामा देशभरका यातायात कार्यालयमा दुई लाख १६ हजार नौ सय ८६ वटा सवारी दर्ता भएका छन्। तर, गत आवको ६ महिनामै दुई लाख ११ हजार नौ सय ६९ सवारी दर्ता भएका थिए। चालु आवको सात महिनामा दर्ता भएका सावारीको संख्या गत आवको ६ महिनामा दर्ता भएका सवारी संख्याभन्दा पाँच हजार १७ बढी हो।

थपिएका सवारीको संख्या गत आवमा भित्रिएका कुल सवारीको ४८ प्रतिशत हो। गत आवमा चार लाख ४४ हजार दुई सय ५९ सवारी दर्ता भएका थिए।

यसैगरी गत आवको ६ महिनामा भने आव २०७२/७३ मा दर्ता भएका सवारीको ३८ प्रतिशत सवारी थपिएका थिए। गत आवको ६ महिनामा दुई लाख ११ हजार नौ सय ६९ सवारी थपिएका थिए। नेपालमा कार/जिप, भ्यान, बस, पिकअप, ट्रक, क्रेन, डोजर, एस्काभेटर, माइक्रो बस, टेम्पो, ट्र्याक्टर, ई–रिक्सालगायत गाडी आयात हुन्छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्