सर्बाधिक हतियार आयात गर्ने देश भारत

<span class='c1'>सर्बाधिक हतियार आयात</span> <span class='c2'>गर्ने देश भारत</span>

३० फागुन।
पछिल्ला पाँच वर्षमा जस्तै यस पल्ट पनि भारत विश्वकै सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ ।
त्यस्तै अमेरिकाद्वार भारतमा गरिने हतियार निर्यातमा पनि भारी वृद्धि भएको छ । सन् २००८–१२ मा भन्दा २०१३–१७ मा पाँच सय ५७ प्रतिशतले वृद्धि भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार स्टकहोममा भैरहेको थिंकट्यांकहरुको बैठकमा भारतमा हतियार आयातमा २४ प्रतिशतले वृद्धि भएको बताइएको थियो । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटको आंकलन अनुसार पछिल्लो एक दशकमा भारत सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको छ । रिपोर्टका अनुसार रुस भारतको सबैभन्दा ठूलो हतियार निर्यात गर्ने देश हो । सन् २०१३–१७ मा रुसले ६२ प्रतिशत, अमेरिकाले १५ प्रतिशत, इजरायलले ११ प्रतिशत हतियार भारतमा निर्यात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्