प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिलाई शपथ लिन नैतिक संकट

<span class='c1'>प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिलाई शपथ</span> <span class='c2'>लिन नैतिक संकट</span>

काठमाडौं, ३०फागुन  । दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिंदै हुनुहुन्छ । राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसकारण दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिनु पर्नेछ । तर प्रधानन्यायाधीश पराजुलीको विषयमा सडकदेखि सर्वोच्चसम्मै विवाद बढेपछि राष्ट्रपति भण्डारीलाई प्रधानन्यायाधीशबाट शपथ लिन नैतिक संकट परेको छ ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रधानन्यायाधीशसँग छलफल गरेर राष्ट्रपतिको शपथ विवादरहित बनाउन सुझाव दिएको खवर पनि सार्बजनिक भइसकेको छ ।

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीलाई सबैभन्दा उपयुक्त विधि बिदामा बस्न आग्रह गरेको स्रोतले जनाएको छ । अवकाशको समय पनि नजिकिंदै गरेकाले राजीनामा दिएर विवादलाई अन्त्य गर्न प्रधान्यायाधीशलाई सत्तारुढ दलले आग्रह गरेका छन् । तर प्रधानन्यायाधीश पराजुलीले भने राजीनामा दिने वा बिदामा बस्ने मनस्थिति बनाएको देखिंदैन ।

यसकारण विवादमा तानिएका प्रधानन्यायाधीशबाटै राष्ट्रपतिले शपथ लिनुपर्ने अवस्था आएको छ । राष्ट्रपतिको शपथअघि ओली र प्रचण्डबीच छलफलको तयारी भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्