बिराटनगरका महिला पहिलो छोरी जन्माएर मेयर खोज्दै महानगर पुगे

<span class='c1'>बिराटनगरका महिला पहिलो छोरी जन्माएर</span> <span class='c2'>मेयर खोज्दै महानगर पुगे</span>

सुमन सुस्केरा
विराटनगर, ३० फागुन ।
बुधवार विहानै ७ बजे बिराटनगर महानगरपालिकामा झण्डै १५ जना महिलाहरु आफ्नो साना नानी च्यापेर भेला भएका थिए । बच्चा रुँदै गरेको अनी कतिका श्रीमान पनि सँगै आएका । त्यही बिचमा आउनु भएकी सुदिन देवि मण्डल पनि सानी नानी च्यापेर त्यहीँ देखिनुभयो छोरी जन्माएपछि आउन भनेर महानगरका मेयरले बोलाएर आएको सुदिनाले सुनाउनुभयो ।
सुदिनाले मात्र हैन बिराटनगर १८ की पुजादेबी मण्डलले पनि आफ्नो सानी काखे छोरी च्यापेर आउनु भएको थियो । पुजा अरु दिनको भन्दा खुसी देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो, छोरी जन्माएकोमा सासुससुरा पनि खुसी छन् ।’ विराटनगर महानगरपालिकाकाले यसरी बोलाउनुको कारण के हो भनेर कतिपयले यहाँ आउँदासम्म पनि पत्तो पाएका थिएनन ।
महानगरमा आएपछि मात्र पहिलो सन्तान छोरी जन्माएकोमा प्रोत्साहन रकम तीन हजार दिन बोलाएको हो भनेर थाहा पाए । यसरी आउनेमा सबै पहिलो सन्तान छोरी जन्माएकोमा खुसी देखिन्थे । पुजाले ३ हजार पाएपछि निक्कै खुसी खुसी हुँदै भन्नुभयो, ‘यसरी छोरी जन्मीएको मै पैसा पाईएला भन्ने सोच्दै सोचेको थिईँन ।’

साथिहरुसँगै पहिलो सन्तान छोरी बोकेर आउनुभएकी विराटनगर १८ झठियाहीकी अञ्जली मण्डलको कुरा भने अरुको भन्दा केही फरक छ। उहाँले पाएको ३ हजार छोरीको नाममा खाता खेलेर राखिदिने सोच बनाउनु भएको छ । अब त नेपाल सरकारले छोरा र छोरीमा केही भेदवभाव राख्नु हुँदैन भनेर यस्तो सुबिधा दिन थालेको उहाँलाई खुब मन परेको छ । उहाँलाई यसरी पहिलो सन्तान छोरी भयो भने ३ हजार पाईन्छ भनेर ससुराले सुनाएपछि मात्र थाहा भएको हो । महानगरपालिकामा आउन भन्दा अघि ससुराले सबै कागज बनाईदिएको अञ्जलीले सुनाउनुभयो । अञ्जलीले भन्नुभयो, ‘सबैले छोरीको बारेमा सकारात्मक सोच्नुपर्छ ।’
आएका अधिकांश महिलाहरु खुसी देखिन्थे । विराटनगर महानगरपालिकाले छोरीमाथि गरिने विभेद अन्त्य गर्न पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई प्रोत्साहन रकम दिन थालेको छ । पहिलो सन्तान छोरी जन्माउने आमालाई विराटनगर महानगरपालिकाले ३ हजार रुपैयाँ प्रोत्साहन रकम दिन थालेको हो । महानगरपालिकामा ३१ जना दम्पतिले पहिलो सन्तान छोरी जन्माएको भन्दै प्रोत्साहनको माग गर्दै निबेदन दिएका थिए । निवेदन दिएका मध्य १४ जनालाई प्रोत्साहन रकम वितरण गरिएको हो ।
२०७४ साउन २३ गते बसेको महानगरको नगरपरिषदले गरेको निर्णय अनुसार प्रोत्साहन रकम प्रदान गर्न थालिएको हो । महानगरले छोरी बचाउन अभियान स्वरुप निश्चत दायारा पूरा गर्नेहरुलाई प्रोत्साहन रकम प्रदान गर्नेछ । प्रोत्साहन रकम पाउन विवाहको उमेर कम्तिमा २० वर्ष पूरा गरेको, पहिलो सन्तान छोरी भएको, नियमित गर्भ जाँच गराएको, अस्पतालमा प्रसुति गराएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाएको हुनुपर्ने प्राबधान राखिएको छ ।यसरी बनाएको प्राबधान पुरा नगरेका दम्पतीले प्रात्साहन रकम नपाउने विरारटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । छोरीप्रति सम्मान जनाउन यस्तो कार्यक्रम थालिएको पराजुलीले बताउनुभयो । अन्य बाँकी रहेका र अब नाम दर्ता हुनेहरुलाई महानगरपालिको १९ वटै वडा कार्यालयहरुबाट प्रोत्साहन रकम वितरण गर्ने महानगरको तयारी छ ।
छोरा जन्मिँदा मात्रै खुशी हुने हाम्रो समाजका लागि महानगरपालिकाले दिएको प्रोत्साहन भत्ताले छोराछोरी भनेर गरिने विभेदमा कमी ल्याउने उपप्रमुख ईन्दीरा कार्कीले स्पष्ट पार्नुभयो ।
‘छोरी बचाउ गर्न यो अभियान सुरु गरेका हौं,’ उपप्रमुख कार्कीले भन्नुभयो, ‘महानगरपालिकाको पहिलो परिषद बैठकले निर्णय गरी छोरी जन्माउने आमालाई प्रोत्सान भत्ता दिन सुरु गरेका हौं ।’ यसरी बितरण गरिएको प्रात्साहन पछि छोरीको पहिचान गरि हुने भु्रण हत्या गर्ने क्रममा कमी आउने महानगरको विस्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्