बंगलादेशी सरकारद्धारा राष्ट्रिय शोकको घोषणा

<span class='c1'>बंगलादेशी सरकारद्धारा राष्ट्रिय</span> <span class='c2'>शोकको घोषणा</span>

१ चैत ।
बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ ।
सरकारले आज यस्तो शोकको घोषणा गरेको हो । आज आकस्मिकरुपमा बसेको बंगलादेशको मन्त्रिपरिषदको बैठकले भोलिका लागि शोकको घोषणा गरेको हो । राष्ट्रिय शोकको घोषणा गरिएको र त्यसदिन उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिका लागि प्रार्थना गरिनेछ भने त्यस दिनका लागि राष्ट्रिय बिदा दिइनेछ । बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान सोमबार अपराह्न नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो । सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए भने त्यसमध्ये बंगलादेशीमात्रै ३२ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्