सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 

<span class='c1'>सुनसरीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>मोटरसाइकल चालकको मृत्यु </span>

सुनसरीको कोशी गाउँपालिका-१ मा विहीबार ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ। ज्यान गुमाउँनेमा स ४ प १८२९ नम्बरको मोटरसाइकलमा सवार सप्तरी कन्चनरुप नगरपालिका-४ बस्ने पंकज यादव रहेका छन्। यादवलाई पश्चिम जादै गरेको ना ४ ख २०८१ नम्बरको ट्रकले दिउँसो २ बजेतिर ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रकका चालक फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्