विश्व रेकर्डका लागि मोरङकी चेलीलाई आर्थिक सहयोग

<span class='c1'>विश्व रेकर्डका लागि मोरङकी</span> <span class='c2'>चेलीलाई आर्थिक सहयोग</span>

प्रेम देवान
विराटगनर १ चैत्र ।
मोरङको कानेपोखरी गांउपालिका वडा नम्बर ७ की दिपा अधिकारीलाई जोर्डनमा हुने लागेको विश्वको सबैभन्दा होचो भागमा फुटबल खेलेर विश्व रेकर्डको लागी प्रस्थान गर्न लाग्नु भएको छ । गिनीज बुक अफ वल्ड रेकर्डको लागि जाने महिला फुटबल खेलाडी अधिकारीलाई  विदाई तथा आर्थिक सहयोग समेत संकलन शुरु भएको छ ।
स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालि विराटनगरले अधिकारीलाई हवाई टिकट बराबरको आर्थिक सहयोग गरेको छ । अधिकारी पूर्वाअञ्चल महिला फुटबल टिम सदस्य,नेपाल शसस्त्र प्रहरी महिला फुटबल टिम,नेपाली सेना महिला टिम सदस्य, राष्ट्रिय महिला फुटबल टिम, र राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलमा प्रतिनिधित्व गरिसक्नु भएको छ ।
विदाई कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष विमलराज भण्डारी, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य बसन्त अर्याल, अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानिया, राष्टिय खेलकुद परिषदका पूर्व सदस्य किरण गिरी, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्ररेलले बधाई तथा शुभकामना दिएका थिए ।
वि स २०५८ साल देखि फुटबल खेलमा प्रवेश गरेकी अधिकारीलाई अस्पतालका निर्देशक रुपेश अधिकारीले ६८ हजार बराबरको हवाई टिकेटको चेक हस्तान्तरण गर्नु भएको थिए ।
उक्त अस्पतालले प्यारालाइसिस (पक्षघात), मुख बाङ्गिने, ढाड, कम्मर, गर्धन दुख्ने, डिस्क प्रोल्याप्स, हड्डी खिइएको र नसा च्यापिएको, बाथ–आर्थराइटिस, घुँडा र जोर्नी दुख्नेलगायतका रोगहरूको सफल उपचार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्