पाँचथरको तल्लो हेवाखोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा

<span class='c1'>पाँचथरको तल्लो हेवाखोला जलविद्युत आयोजनाको</span> <span class='c2'>काम ९७ प्रतिशत पूरा</span>

पाँचथर, २ चैत । पाँचथरको तल्लो हेवाखोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । २०७१ मंसिरबाट तीन वर्षमा सक्ने गरी सुरु भएको आयोजनाको काम एक वर्ष म्याद थप गरिएको थियो ।

माउण्टेन हाइड्रो प्रा.लि नेपालद्वारा निर्माण भइरहेको आयोजनाबाट २२.२ मेगावाट विद्युत उत्पादन हुने आयोजना प्रमुख गणेश सुब्बाले बताउनुभयो । निर्धारित समयमा काम नसकेपछि दोस्रोपटक म्याद थपिएको आयोजनाको अधिकांश काम अन्तिम चरणमा पुगेको छ । यही गतिमा काम अघि बढे आउँदो असार सम्ममा आयोजना निर्माणको काम सक्ने र विद्युत उत्पादन गर्र्ने लक्ष्य रहेको प्रमुख सुब्बाले बताउनुभयो ।

निर्माण चरणको सुरुवातमा भूकम्प, नाकाबन्दीका कारण सामान ढुवानी गर्न समस्या भएको र सुरुवाती चरणमा स्थानीयबासिन्दाको अवरोधले गर्दा आयोजना निर्माणमा म्याद थप गर्नुपरेको निर्माण कम्पनीले जनाएको छ । अहिले पावर हाउस, टनेल, पेनस्टक ट्याङ्क र कन्ट्रोल रुमलगायतको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

५४ सय मिटर सुरुङ निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । तीन अर्ब ६६ करोड रुपैयाँको लागतमा काम सक्ने गरी सुरु भएको आयोजना निर्धारित समयमा नसकेर म्याद थप भएको हुनाले आयोजनाको लागत चार अर्ब रुपैयाँसम्म पुग्ने बताइएको छ । ७० प्रतिशत प्राइम बैंक काठमाडौं र ३० प्रतिशत व्यतिगत ऋण लगानीमा आयोजनाको काम भइरहेको हो । आयोजना निर्माणका लागि आवश्यक सबै सामग्री र जनशतिmका साथ काम भइरहेकोले असार महिनासम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको प्रमुख सुब्बाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्