युनिटीफर चेन्ज समुहद्धारा महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस परिसरमा सरसफाई

<span class='c1'>युनिटीफर चेन्ज समुहद्धारा महेन्द्र मोरङ</span> <span class='c2'>आर्दश बहुमुखी क्याम्पस परिसरमा सरसफाई</span>

विराटनगर, ३ चैत ।
युनिटी फर चेन्ज समुहले विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस परिसरमा सरसफाई गरेको छ । विगत एक महिना अघिदेखि सुरु भएको सरसफाइ महाअभियान अन्र्तगत शनिबार क्याम्पस परिसरमा सरसफाई गरेको हो । ‘परिवर्तन युवाहरूकै हातमा छ, हाम्रो शहर स्वास्थ्य र सफा बिराटनगर’ भन्ने नाराका साथ सुरु गरिएको सरसफाई महा अभियानमा युवाहरुको उल्लेख्य उपस्तिथि रहेको थियो।
विगतका हप्ताहरुमा महानगरपालिकाका विभिन्न स्थानहरूमा सरसफाई गर्दै आएकोमा यो हप्ता ऐतिहासिक र देशकै एउटा छुट्टै अस्तित्व बोकेको महेन्द्र मोरङ कलेजलाई केन्द्र बनाएर सरसफाई गरिएको अभियान्ता निर्मल भण्डारीले जानकारी दिनुभयो । अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिने बताउनुभयो । महानगरवासीलाई हाम्रो शहर हामीले नै सफा गर्नुपर्छ भन्ने कुरामा सचेत गराउँदै जाने अर्का अभियन्ता सुशिल रिजाल बताउनुभयो ।
परिवर्तनका लागि हातेमालो नामक संस्था युनिटी फर चेन्ज समुहको अगुवाईमा सामाजिक कार्यमा सक्रिय युवाहरू सहभागी छन् । सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख महेन्द्र नारायण यादव , विभिन्न विद्यार्थी संगठनका अध्यक्ष तथा विद्यार्थीहरुको समेत सहभागीता रहेको गिथयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्