उपराष्ट्रपतिमा नन्दबहादुर पुन नै दोहोरिए

<span class='c1'>उपराष्ट्रपतिमा नन्दबहादुर पुन</span> <span class='c2'>नै दोहोरिए</span>

काठमाडौं, चैत ३ – उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको छ । 

उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो । तर निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले यसको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अहिले ४ बजेसम्म उपराष्ट्रपतिका उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय छ । दावी विरोध परेर उम्मेदवारी खारेज नभएमा पुनलाई भोलि निर्वाचन आयोगले उपराष्ट्रपति घोषणा गर्ने छ ।

राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन । राष्ट्रपतिले विद्या भण्डारीले आफ्नो स्वार्थअनुसारका काम गरेकाले हार्ने थाहा हुँदा हुँदै उहाँको विपक्षीमा उम्मेदवार उठाएको तर उपराष्ट्रपतिमा उम्मेदवार नउठाइएको कांग्रेसका नेताहरुले बताएका छन् ।

वाम गठबन्धनका उम्मेदवार विद्यादेवी भण्डारी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भइसक्नुभएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्