पूर्व राजा ज्ञानेन्द्र परिवार सहित विराटनगरमा आउने

<span class='c1'>पूर्व राजा ज्ञानेन्द्र परिवार</span> <span class='c2'>सहित विराटनगरमा आउने</span>

विराटनगर ६ चैत । पूर्व राजा ज्ञानेद्र शाह विराटनगर आउने हुनुभएका छन् । उहाँका परिवार सहित विराटनगरमा आउन लाग्नु भएको हो ।
पूर्वका विभिन्न मन्दिरहरुमा पुजापाठ र दर्शनका लागि हिंडिरहनु भएका पूर्व राजा ज्ञानेन्द्रको कार्यक्रम ब्यवस्थापनको लागि मोरङ पूर्व जिविसका सभापति बल्लभप्रसाद दाहालको अध्यक्षतामा दुई सय २७ सदस्यीय समिति बनाईएको छ।
समितिमा पूर्व उपप्रधानमन्त्री बद्रीप्रसाद मण्डल लगायत रहेका छन् । केही दिनदेखि झापाको दमकमा रहनु भएका पूर्व राजा शाह पत्नी कोमलसहित रामनवमीको अवसर पारेर आगामी आइतबार विराटनगर आउने कार्यक्रम तय भएको हो ।
दाहालका अनुसार शाह दम्पतीले विराटनगरको काली मन्दिर, रामजानकी लगायतका मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ । दमकबाट विराटचोक, हरैंचा, झोराहाट हुँदै शाह आइतबार दिउँसो ३ बजे विराटनगर आउने कार्यक्रम छ । दुई घण्टा विराटनगरमा रहेर साह साँझ ५ बजे दमक नै फर्कने दाहालले जानकारी दिनुभयो । पूर्व राजाको भ्रमणमा सुरक्षा व्यवस्था कडा पार्न र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि सुरक्षा निकायसंँग आग्रह गरिने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्